पोखरा म्याराथन उपाधि केन्याका स्टेफेनलाई

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७९
06DEE62E-9981-4047-93A9-43FA5B735FDD

पोखरा । पोखा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन काेस्गेइले लगातार दोस्रो पटक जितेका छन् । शनिबार पोखरा रंगशालाबाट सुरु भएको दाैडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गरेका थिए ।

उनले अघिल्लो पटक सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।
दाेस्राे स्थानमा पनि केन्याका धावक जुलियस अाेहाेमे आएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरे । म्याराथनमा नेपाल अार्मीका हाेमलाल श्रेष्ठले २ घण्टा मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।

शनिबार नै भएकाे महिला सहभागी हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् ।

एपिएफकी बृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दाेस्राे भइन् । अार्मीकी पूर्णलक्ष्मी न्याैपान तस्राे बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन् ।

पाेखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्वितीय सिमाेनले ३ लाख र तृतीय माेहनले २ लाख रुपैयाँ पाएका छन् । यसैगरी महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय बृन्दाले १ लाख तृतिय पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width