पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा राजन कार्की निर्वाचित भएका छन् ।
प्रतिष्ठानको दोस्रो अधिवेशनबाट कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएका हुन् । उनले अर्का आकांक्षी पूर्ण परियारलाई ५ मतले पछि पारेका हुन् । कार्कीले ८२ मत ल्याउँदा परियारले ७७ मत ल्याए । वरिष्ठ उपाध्यक्षमा माया गुरुङ निर्वाचित भएकी छिन् । मायाले अर्का प्रत्यासी केशव देवकोटालाई ४४ मते पछि पारेकी हुन् । मायाले १ सय मत प्राप्त गर्दा केशवले ५६ मल ल्याए ।
प्रथम उपाध्यक्षमा दिलु लामा निर्वाचित भईन । लामाले ८६ मत ल्याउँदा निकटम प्रतिस्पर्धी आर सी पौडेलले ६९ मत पाए । १ सय ७ मतसहित द्वितिय उपाध्यक्षमा प्रेमराज अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी जयनारायण लम्सालले २६ मत ल्याए । महिला उपाध्यक्षमा मञ्जु विक, सचिवमा रामजी पौडेल र महिला सचिवमा ज्योति लोहनी निर्विरोध निर्वाचित भएका हुन् ।
कोषाध्यक्षमा कृष्ण सुवेदीले केशव घिमिरेलाई पछि पारे । सुवेदीले ९७ मत ल्याउँदा घिमिरेले ४६ मत ल्याए । सह सचिवमा दिपक पौडेल ६४ मतसहित विजयी बने । उनले विमल जिसी (३५) र प्रेस बस्याल (५०) लाई पछि पारेका हुन् । सह कोषाध्यक्षमा होम गुरुङ (९१) विजयी भए । गुरुङले अनिता पन्त (४२) र निशा पोखरेल (२४) लाई पराजित गरेका हुन् ।
सदस्यहरुमा मधु चापागाई, टौसुबा गुरुङ, सुनिता नेपाली, सपना परियार, ऋषि डुम्रे, अमित विश्वकर्मा, हरि सुनार, माधव चापागाई, विष्णु पराजुली अधिकारी, टसबहादुर गुरुङ, विष्णुकुमार वाग्ले, विकाश नेपाली, सरस्वती लामिछाने, ज्ञानेश्वर सुवेदी, प्रकाश बराल, सन्दिप परियार, विक्रम गुरुङ, धिरन थापा, कृष्ण गैह्रे र टेक क्षेत्री निर्विरोध निर्वाचित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
hero news full width
मुख्य समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९