व्यवसाय प्रवद्र्धन गर्दै टेवान

आदर्श समाज सम्वाददाता
माघ ८, २०७९
tewan

पोखरा । पर्यटन व्यवसायी महिल संघ नेपाल (टेवान) ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजनेस नेटवर्किङ एन्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ ।

विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिवृद्धि गर्दै सामूहिक रुपमा व्यावसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको टेवान अध्यक्ष कमला गिरीले जानकारी दिइन् । विभिन्न व्यवसायमा आवद्ध व्यवसायी एवम् व्यावसायिक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिसहित ९५ जनाको सहभागिता रहेको उनले बताइन् ।

कार्यक्रममा टेवानका सल्लाहकार एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले व्यावसायिक सफलताका लागि सबै किसिमका व्यवसायीबीच समन्वय हुनु जरुरी रहेको बताए । यस किसिमका कार्यक्रमले सामूहिकरुपमा व्यावसायिक सफलता हासिल हुने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले पर्यटनसँग सम्बन्धित मात्र नभै अन्य किसिमका व्यवसायीलाई पनि एकै थलोमा ल्याएर छलफल एवं अन्तक्र्रिया गरिनु महत्वपूर्ण रहेको बताए । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव अनिता खड्का भट्टराईले गरेकी थिइन् । कार्यक्रममा संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष प्रभा सुवेदी, सदस्य एवं कार्यक्रम संयोजक शान्ता सुवेदी लगायतले बोलेका थिए ।

उक्त अवसरमा मिर्सा सामुदायिक होमास्टे, हुस्टन एजुकेसन सेन्टर, क्विन हुक्का सप, गो बञ्जी नेपाल लगायतले स्टलमार्फत व्यवसायको प्रवद्र्धन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width