काठमाडौं । पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ ।
‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो । पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धौलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधबार काठमाडौँ ल्याइएको हो ।
मृतक लामाको शव भने भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सका सञ्चालक बसन्त लिम्बूले जानकारी दिनुभयो । हिमपात भएको बेला बेपत्ता बनेका कार्की र लामाको शव हिउँ पग्लँदै गएपछि फेला परेको हो । कार्कीको शव एयर डाइनेष्टिक हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट शव बाहनमार्फत काठमाडौँ ल्याइएको टानका अध्यक्ष निलहरि बाँस्तोलाले राससलाई जानकारी दिनुभयो ।
यस्तै, लामाको शव ल्याउनका लागि आज बिहानैदेखि प्रयास भइरहेको उहाँको भनाइ छ । मृतक कार्कीको शवलाई हाल शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । रासस
Related News
सम्बन्धित समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
पोखरा हवाई दुर्घटना :अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या
त्यो अकल्पनीय दुर्घटना
खाग चोरिएका अवस्थामा गैंडा मृत फेला
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९