पोखरा । पोखरा । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा विनोदबिन्दु शर्माले जिम्मेवारी पाएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई स्वास्थ सचिवको जिम्मेवारी तोकेको हो ।
यसअघि पनि स्वास्थ्य सचिव भए काम गरिसकेका उनी हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थिए । प्रदेश सचिवको नियुक्ति र सरुवामा केन्द्र सरकारकै तजबिजी भएका कारण स्वास्थ्य सचिवमा डा. श्रीराम तिवारी आएपछि शर्मा जिम्मेवारविहीन थिए । डा. तिवारीपछि स्वास्थ्यमा सचिव डा. विश्ववन्धु बगाले आएका थिए । उनी अध्ययनका लागि विदेश गएपछि उक्त पद रिक्त थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आउँदै हाजिर गर्दै फर्कने डा. शर्माको दैनिक बनेको थियो । उनी ११ तहका कर्मचारी अर्थात् सहसचिव हुन् । १० औं तहबाट बढुवा भएपछि उनले समायोजनमा प्रदेश रोजेका थिए । बढुवा अघि उनी प्रदेश स्वासथ्य निर्देशनालयमा निर्देशक थिए ।
कोभिड महामारी नियन्त्रणका बेलामा उनले उत्कृष्ट काम गरेका थिए । उनी आजै हाजिर हुने भएकाले मन्त्रालयमा कर्मचारीहरु त्यसैको तयारीमा जुटेका छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको प्रदेश निजामती सेवा अध्यादेशमा प्रदेश सचिवको प्रबन्ध प्रदेशबाटै हुने व्यवस्था गरिएको छ । उक्त अध्यादेश प्रतिस्थापन विधेयकका रुपमा सदनमा पेस भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९