होन्डाको बम्पर उपहार कृष्णकुमारीलाई

आदर्श समाज सम्वाददाता
पौष २९, २०७९
honda co

पोखरा । होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कुँवर ब्रदर्श एण्ड सन्स प्रालिले दसैंतिहार ‘होन्डाको साथ ७’ बम्पर उपहार विजेतालाई उपहार प्रदान गरेको छ ।

कम्पनिले बुधबार पोखरा नयाँगाउँकी कृष्णकुमारी आलेलाई १ लाख बराबरको चेक हस्तान्तरण गरेको हो । नयाँबजारस्थित होन्डा शोरुम कुवँर ब्रदर्श एण्ड सन्स प्रालिबाट नयाँ स्कुटर खरिदमा गण्डकी प्रदेशबाट आलेले उपहार जितेकी हुन् ।

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ तथा तिहार स्किम ‘होन्डाको साथ ७’ ल्याएको थियो ।

कम्पनिका प्रबन्धक निर्देशक चन्द्रबहादुर कुँवरले होन्डाको लक्ष्य सामान बिक्री गर्नेमात्रै नभई बिक्रीपछिको सेवालाई ध्यानमा राख्ने गरेको बताए । होन्डाका गण्डकी प्रदेश इन्चार्ज विक्रम भट्टराइले कोरोनाको महामारीको समयमा पनि १५ हजार थान मोटरसाइकल तथा स्कुटर बिक्री भएको जानकारी दिए ।

पश्चिमाञ्चल अटोमोबाइल्स एसोसिएसन अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले होन्डाका सामान गुणस्तरीय हुने बताए । कम्पनी संचालक लक्ष्मी थापा कुँवरले कर्मचारीको मेहनत र लगावले कम्पनि सफल बन्दै भएको भन्दै सम्पूर्णमा धन्यवाद ज्ञापन गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width