अम्बिका माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष २६, २०७९
ambika ma ve progrem photo

हेमजा । अम्बिका माध्यमिक विद्यालय, सुइँखेतको आइतबार ५५ औं वार्षिकोत्सव अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा २५ का वडाध्यक्ष एवं पोखरा महानगर प्रवक्ता मोतिराज तिमिल्सिनाले अम्बिका नमुना विद्यालयरुपमा अगाडि बढिरहेको जनाउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले अम्बिकालाई ५० प्रतिशत लागत साझेदारीमा महानगरपालिकाले बस उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले नेपालको सन्दर्भमा प्राविधिक शिक्षाबाट दीक्षितले सो व्यवसाय नगरी विदेश जाने गरेकोमा दुख व्यक्त गर्दै विद्यार्थीलाई अनुशासनमा रहन सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड पोखरा कार्यालयका नि. प्रमुख लक्ष्मण देवकोटा, महायज्ञका संयोजक एवं अभिभावक केशवराज भण्डारी, महानगरपालिका शिक्षा अधिकृत कृष्ण भण्डारी, शिशुपोषण अक्षयकोषदाता नेत्रपाणि भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थ लुइँटेल, पूर्व प्रअ हरिकुमार श्रेष्ठ, लेखापाल भरतराज अधिकारी लगायतले अम्बिकालाई सक्षम विद्यालयमा रुपमा अगाडि बढाउनुपर्ने बताए ।

प्रअ ओमप्रसाद पौडेलले विद्यालयको समग्र अवस्थामाथि प्रकाश पार्दै विज्ञान प्रयोगशाला निर्माण, कक्षाकोठा थप, विद्यालय बसको थप व्यवस्था लगायतका ध्यान दिनुपर्ने औंल्याए ।

कार्यक्रमबीच शिक्षक चन्द्रमा पौडेललाई दीर्घसेवाबाट तथा प्राविधिक धारका विद्यार्थीलाई सम्मान गरियो । सो अवसरमा विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

विद्यालय अध्यक्ष दीपकबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी सिम्रन महतो र शिक्षक छविलाल पौडेलले स्वागत एवं सहायक प्रअक उपेन्द्र अधिकारीले कार्यक्रम संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै