दुर्गाभवानी विद्यालयको स्वर्ण महोत्सवमा शैक्षिक गोष्ठी

आदर्श समाज सम्वाददाता
पौष २५, २०७९
sworna mahotsav shreebhadrass

हेमजा । अन्नपूर्ण–२, सेराचौरस्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयको स्वर्ण महोत्सवअन्तर्गत शनिबार शैक्षिक गोष्ठी भएको छ ।

गोष्ठी सहजीकरण गर्दै पूर्व विद्यार्थी समेत रहेका ब्रिटेन नेपाल प्रज्ञा परिषद्का पूर्व अध्यक्ष डा. कृष्णप्रसाद अधिकारीले शिक्षा क्षेत्रमा जवाफदेहिता महत्वपूर्ण रहेको भनाइ राख्दै आगामी समयको शैक्षिक अवस्थाबारे आफ्नो परिकल्पना सुनाए ।

पूर्व विद्यार्थी एवं शिक्षासेवी विष्णुप्रसाद अधिकारीले गुणस्तरीय शिक्षाको लागि सामुदायिक विद्यालयका सफल अभ्यास, नीतिगत व्यवस्था, नवप्रवर्तन सिकाइ लगायत थुप्रै जानकारीमूलक प्रस्तुति राखे ।

गाउँ शिक्षा अधिकृत बलराम भुगाईंले शिक्षाको गुणस्तर वृद्धिको लागि गाउँपालिका प्रयासरत रहेको स्पष्ट पार्दै पालिकाद्वारा जारी ७६ बुद्धे प्रतिबद्धता कार्यान्वय गर्न सुझाव दिए ।

प्रअ युवराज अधिकारीले विद्यालयको वर्तमान अवस्था, चुनौती र आगामी कार्यक्रमबारे जानकारी दिए ।

कार्यक्रममा वडा २ अध्यक्ष पिताम्बर भण्डारी, संस्थापक अध्यक्ष भरतराज अधिकारी, शिक्षक खेमराज अधिकारी, वडा सदस्य माया अधिकारी, पूर्व अध्यक्ष यादवराज अधिकारी, पूर्व शिक्षक केदारनाथ अधिकारी, केफ माविका प्राचार्य डिल्लीराम अधिकारी, वडा सदस्य भानुभक्त दाहाल, पूर्व प्रअ प्रेमराज अधिकारी, पूर्व शिक्षक टेकप्रसाद अधिकारी, पूर्व विव्यसका तुलसीप्रसाद भण्डारी, सदस्य सावित्रा अधिकारी, पूर्व विद्यार्थी डण्डपाणि अधिकारी, गणेश अधिकारी लगायतले पनि धारणा राखे ।

महोत्सव सम्पन्न गर्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगराज अधिकारी संयोजक तथा शिक्षक अभिभावक संघका अध्यक्ष गुरुदत्त अधिकारी सहसंयोजक रहेको मूल आयोजक समिति, निवर्तमान वडाध्यक्ष चूडामणि अधिकारीको नेतृत्वमा पूर्व प्रअ प्रेमराज अधिकारी सहसंयोजक रहेको कोष अभिवृद्धि कार्यक्रम मूल समिति गठन गरी कार्य भइरहेका छन् ।

त्यस्तै समाजसेवी नवराज अधिकारीको नेतृत्वमा भौतिक निर्माण समिति, गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको संयोजकत्वमा सल्लाहकार समिति, पूर्व विद्यार्थी डिल्लीराम अधिकारीको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप, पूर्व विद्यार्थी विष्णुप्रसाद अधिकारीको नेतृत्वमा स्मारिका प्रकाशन, कलाकार जीवन दाहालको नेतृत्वमा सांस्कृतिक समिति निर्माण गरी महोत्सवका गतिविधि जारी छन् ।

महोत्सव संयोजक एवं विद्यालय अध्यक्ष खगराज अधिकारीको अध्यक्षतामा भएको उक्त गोष्ठी डा.कृष्णप्रसाद अधिकारीले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै