बालोदयमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
पौष २०, २०७९
Balodayas

पोखरा । पोखरा १७ बिरौटामा स्थित बालोदय माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७९ अन्तर्गत प्रथम त्रैमासिक अवधिभर सञ्चालन भएका शैक्षिक तथा सह–क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक दुर्गादत्त पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त प्राचार्य तथा संस्थापक टेकनाथ पौडेलले विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन र उनीहरूको चौतर्फी विकासमा विद्यालयले हरेक कोणबाट अनुकूल वातावरण निर्माणमा लागि परिरहेको बताउँदै उत्कृष्ट विद्यार्थीहरूलाई बधाई तथा शुभकामनासहित सम्पूर्ण विद्यार्थीहरूलाई हौसला प्रदान गरेका थिए ।

प्रथम त्रैमासिक परीक्षामा हरेक कक्षाबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई ३ महिनाका लागि क्रमशः शत प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत जेहेन्दार छात्रवृत्तिसहितको प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम सञ्चालन विद्यालयका सहक्रियाकलाप इन्चार्ज तथा शिक्षक ईश्वर ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै