माछापुच्छ्रे माविद्वारा विशिष्टलाई सम्मान

आदर्श समाज सम्वाददाता
पौष २०, २०७९
machha

हेमजा । माछापुच्छ्रे मावि, ढिकुरपोखरीको स्वर्ण महोत्सवअन्तर्गत मंगलबार विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ ।

विद्यालयले विशिष्ट व्यक्तित्वहरु, विद्यावारिधि हासिल गरेका पूर्व विद्यार्थी, प्राध्यापक, वर्तमान तथा पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ पदाधिकारी, सदस्य, छात्रवृत्ति कोषका संस्थापक, सहयोगदाता, नेपाल विद्याभूषण पदक प्राप्त पूर्व विद्यार्थी लगायतलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेको हो ।

समारोहमा पूर्व विद्यार्थी समेत रहेका नेपाल सरकारका सहसचिव झलकराम अधिकारीले शिक्षा जीवनको महत्वपूर्ण पक्ष भएको चर्चा गरे । उनले माछापुच्छे« मावि त्यस क्षेत्रकै अग्रणी विद्यालय भएको औंल्याए । उनले सिकेको ज्ञान व्यवहारमा उतार्नु नै सबैभन्दा ठूलो कुरा रहेको जनाउँदै आफूलाई पढाउने गुरुलाई आमाबुवासरह सम्मान गर्नुपर्नेमा जोड दिए ।

अन्नपूर्ण गाउँपालिका वडा २ का अध्यक्ष पिताम्वर भण्डारीले सरोकारवाला सबै मिलेको खण्डमा विद्यालयको गरिमा बढ्ने उल्लेख गर्दै त्यसतर्फ सबै सचेत बन्नपर्ने जनाए ।

वडा १ का अध्यक्ष तुलसीप्रसाद अधिकारीले माछापुच्छ्रेलाई साँच्चिकै नमुना विद्यालय बनाउनुपर्ने बताए ।

कार्यक्रममा महोत्सव संयोजक मनपति भण्डारी, महासचिव यादवराज अधिकारी, सहमहासचिव रमेशराज भण्डारी, पूर्व शिक्षक कृष्णबहादुर कुँवर, शिक्षाप्रेमी लिलाधर अधिकारी लगायतले पनि बोलेका थिए ।
त्यस्तै, कलाकार जीवन दाहाल, कुमार पुन, शिवहरि ढुंगाना, आयुष परियार, विद्यार्थी प्रकृति विक, अन्तिमा विक, सरस्वती पौडेल, प्रीया बानियाँ लगायतले विभिन्न प्रस्तुति राखे ।

समारोहमा शैक्षिक, विभिन्न अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार एवं छात्रवृत्ति पनि वितरण गरिएको थियो । महोत्सव मूल आयोजक समितिका संयोजक मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक महेश्वर पौडेलले स्वागत र महासचिव अधिकारीले संचालन गरे । विद्यालयका स्वर्ण महोत्सव बुधबारदेखि सकिदंै छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा हुने समारोहमा स्वर्ण स्मारक शिलान्याससहित दातालाई सम्मान गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै