माछापुच्छ्रेको स्वर्ण महोत्सव सुरु

आदर्श समाज सम्वाददाता
पौष १२, २०७९
machhapuchhare school progrem photo

हेमजा । अन्नपूर्ण–२, ढिकुरपोखरी स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका मूल कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउन पहल गर्ने उल्लेख गर्दै ढिकुरपोखरी स्थित माछापुच्छे शिक्षा क्याम्पसलाई सो विश्वविद्यालयसँग अनुबन्धन गर्ने स्पष्ट पारे ।

सदस्य वैरागीले नेपालको शिक्षा सर्वसुलभ हुनुपर्ने भन्दै नेपालमा थुपै राजनैतिक परिवर्तन भएपनि जनताले महशुस गर्न नपाएको बताए ।उनले नेपालमा शिक्षालाई व्यापारी दृष्टिकोणबाट हेर्ने गरिएको उल्लेख गर्दै शिक्षण सेवामूलक पेशा हुनुपर्ने जनाए ।

प्रदेशसभा सदस्य एवम् पूर्व विद्यार्थी गणेशमान् गुरुङले सामुदायिक विद्यालयले भौतिक विकाससँगै शैक्षिक गुणस्तरलाई पनि ख्याल गर्नुपर्ने औँल्याए ।हरेक हिसावले ढिकुरपोखरी कास्की क्षेत्र नं. ३ कै केन्द्र रहेको उल्लेख गर्दै सदस्य गुरुङले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका सदस्यले आफ्ना बाबुनानी सामुदायिक विद्यालयमै पढाएर सबै अभिभावकको विश्वास जित्न सक्नुपर्ने स्पष्ट पारे।

उक्त कार्यक्रममा प्रदेश लोकसेवा कार्यालयका सचिव बिनोदबहादुर कुँवर, गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, क्याम्पस संचालक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेल, क्याम्पस प्रमुख रामचन्द्र सुवेदी, पुर्व प्र.अ शिवकुमार सुवेदी, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय प्रमुख मोतिमाया सुवेदी, अन्नपूर्ण २ का वडाध्यक्ष पिताम्वर भण्डारी, गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाई, प्रधानाध्यापक घनश्याम पौडेल, सहमहासचिव रमेशराज भण्डारी, राजनैतिक दलका प्रतिनिधिः कृष्णप्रसाद सुवेदी, विवेक देवकोटा, हरीराम भण्डारी, शोभाकर अधिकारी, पूर्व अध्यक्ष कुलबहादुर गुरुङ कुलु, पूर्व विद्यार्थी मञ्चका पूर्व अध्यक्ष गायत्री पराजुली, कार्यवहाक अध्यक्ष गौरी भण्डारी, दुर्गाभवानी आदर्श विद्यालयमा प्रअ युवराज अधिकारी, आवाज आमा समूहकी भगवती भण्डारी लगायतले पनि धारणा राखे ।

मूल समारोह समितिका अध्यक्ष मनपति भण्डारीले विद्यालयले अव शैक्षिक नीति साथै प्रतिबद्धता जारी गर्ने उल्लेख गर्दै यो सँगै विद्यालयको शैक्षिक स्तर थप बृद्धिहुने अपेक्षा रहेको सुनाए ।

कार्यक्रमका बीच कलाकारहरु जीवन दाहाल, राजन कार्की, अम्बिका भण्डारी, नवराज अधिकारी, विद्यार्थी हेमा मगर लगायतले विभिन्न प्रस्तुति राखे।

मूल समारोह समितिका संयोजक मनपति भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महोत्सवका उपसंयोजक महेश्वर पौडेलले स्वागत तथा महासचिव यादवराज अधिकारीले कार्यक्रम संचालन गरे।

विद्यालयले सोमवारदेखि यहि पुस २० गतेसम्म विविध कार्यक्रमका बीच औपचारिक रुपमा आफ्नो स्वर्ण महोत्सव मनाउन लागेको हो।

जसअन्र्तगत मंगलवार गाउँपालिका स्तरीय अन्तर विद्यालय सांस्कृतिक कार्यक्रम, पुस १३ गते पूर्व शिक्षक पुनर्मिलन तथा सम्मान, पुस १६ गते वि.स २०२९ देखि २०५० सम्मका, १७ गते ०५१ देखि ०६५ सम्मका साथै पुस १८ गते ०६६ देखि हालसम्मका विद्यार्थी बीच पुनर्मिलन, पुष १९ गते विशिष्ट व्यक्तित्वहरुको सम्मान र पुस २० गते समापन समारोह लगायतका कार्यक्रम छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै