विश्वकप फाइनलः पहिलो हाफमा अर्जेन्टिनाको २–० को अग्रता

आदर्श समाज सम्वाददाता
पौष ३, २०७९
messi

पोखरा । कतार विश्वकपको फाइनलमा अर्जेन्टिनाले पहिलो हाफमै २–० को अग्रता लिएको छ ।

साविक विजेता फ्रान्सविरुद्ध उपाधिका लागि कतारको लुसेल रंगशालामा भिडेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र डि मारियाले गोल गरेका हुन् ।

मेस्सीले खेलको २३ औं मिनटमा पेनाल्टीमार्फत सुन्दर गोल गरेका हुन् । फ्रान्सका विङ्गर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सी कत्ति पनि चुकेनन् ।

यस्तै, ३६ औं मिनेटमा मेसीकै क्रसमा डिमारियाले विपक्षी कीपर बिट भएको अवस्थामा बललाई जाली चुमाएका हुन् । २–० को अग्रतासहित सम्भवतः जीत नजिक पुगेपछि अर्जेन्टिनाका फ्यानले रंगशाला गुञ्जायमान बनेको छ । अर्जेन्टिना विश्वकपको तेस्रो पल्ट च्याम्पियनका लागि सुन्दर प्रतीक्षामा छ ।

५ विश्वकप खेलिसकेका मेस्सीको यो विश्वकपमा अन्तिम तथा २६ औं खेल हो । उनले कतार विश्वकपमा सर्वाधिक ६ गोल गरेर गोल्डेन बुटको हकदार बनिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width