रोनाल्डोलाई बेन्चमा राख्ने प्रशिक्षक सान्तोष बर्खास्त

आदर्श समाज सम्वाददाता
पौष १, २०७९
santos

पोखरा । रोनाल्डोलाई बेन्चमा राखेर विवादित बनेका प्रशिक्षक फर्नान्डो सनतोषलाई पोर्चुगिज फुटबल संघले बर्खास्त गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सान्तोष विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाट बाहिरिएसँगै बर्खास्त भएका हुन् । सन् २०१४ मा उनी पोर्चुगलको प्रशिक्षक नियुक्त भएका थिए।

उनकै प्रशिक्षणमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो । तर कतार विश्वकपमा चर्चित फुटबलर रोनाल्डोलाई बेन्चमा राखेर उनी विवादित बनेका थिए । उनले प्रिक्वाटर र क्वाटरफाइन्लमा रोनाल्डोलाई ११ भित्र समावेश गरेका थिएनन् ।

रोनाल्डो बेन्चमा रहँदा उनका समर्थक समेत निराश बनेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width