पियुमा हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ हुँदै

आदर्श समाज सम्वाददाता
मंसिर २९, २०७९
Hult Prize Photo

पोखरा।  विद्यार्थीहरुका लागि नोवेल पुरस्कार मानिने हल्ट प्राइज यस वर्ष पनि पोखरा विश्वविद्यालयमा बृहत रुपले आयोजना हुने भएको छ ।
विगत ७ वर्षदेखि पोखरा विश्वविद्यालयमा हुँदै आएको हल्ट प्राइजले यो वर्ष पनि निरन्तरता दिए लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । निर्देशक सूरज राज केशरीले हल्ट प्राइज विद्यार्थीहरुको लागि सामाजिक उद्यमशीलत प्रतियोगिता भएको बताए । हल्ट प्राइज प्रतियोगिताले विद्यार्थीमा लुकेको क्षमतालाई प्रस्फुटन गर्छ । केशरीले भने, ‘रिजनल्स सम्म पुगेर बाहिरिएका विद्यार्थीहरुको लागि नेपालमै विजनेस अफर समेत आउने गर्दछ ।’

२०२२/२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ रहेको छ । जसमा विद्यार्थीहरुले फेसन र कपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्नुपर्ने हुन्छ । हरेका वर्ष वोस्टन हेडक्वाटर अवस्थित द इन्टरनेशनल हल्ट कम्यूनिटेले नयाँ च्यालेन्ज प्रदान गर्ने गर्दछ र विश्वभरिका विद्यार्थीहरुले त्यस च्यालेन्जमा रहेर आफ्नो विचार राख्नुपर्दछ । हल्ट प्राइजको यात्रा अन क्याम्पस कार्यक्रममा विजेता भएकाले आफ्नो ठाउँ रिजनल्समा पार्दै विजेता भएमा याक्सलेरेटरमा पुग्ने र विश्वभरीबाट शीर्ष ६ टोलीहरु ग्लोबलमा १० लाख अमेरिकी डलरको लागि प्रतिस्पर्धा गर्ने गर्दछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै