पोखरा लिंकन कलेजमा विद्यार्थी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७९
PLIC orientation program

पोखरा । पोखरा ८ सिमलचौरमा अवस्थित पोखरा लिंकन इन्टरनेसनल कलेजले बिबिए र बिएचएम पहिलो सेमेस्टरका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजका कार्यकारी निर्देशक राजकुमार गुरुङको अध्यक्षताभा भएको कार्यक्रममा नबिल बैंक गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोक्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण बिबिए छैटौं सेमेस्टरकी छात्रा सिर्जना क्षेत्रीले गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका प्रशासनिक अधिकृत अच्युत पौडेलले स्वागत गरेका थिए भने संस्थापक प्राचार्य पम्फा गुरुङ र कोअर्डिनेटर ईश्वर सुवेदीले कलेजको नीति नियमबारे प्रकाश पारेका थिए ।

नबिल बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख रोक्काले नवआगन्तुक विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्थाको जानकारीका साथै उत्पे्ररणात्मक भनाइ राखेका थिए ।

कलेजले करिब एक दशकदेखि मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त, नेपालको शिक्षामन्त्रालयबाट अनुमतिप्राप्त र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त अन्तर्राष्ट्रियस्तरको डिगी्र सञ्चालन गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै