नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ ।
गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए ५ हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरेसँगै अभिभावकहरु शिशुको नामकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।
गाउँपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुँदै गाउँपालिका र बैंक जाने गरेका छन् ।
गाउँपालिकाले १ जना बालिकाको खातामा नगद ५ हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा ५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । वचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।
छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुनेछन् । कार्यक्रम लागु गरिएपछि अहिलेसम्म २४ जना नवजात छोरीहरुको बैंक खातामा रकम जम्मा गरिदिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।
‘बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि वचत गर्ने बानीको विकास हुनुका साथै भविष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ,’ गाउँपालिका अध्यक्ष पाण्डेले भन्नुभयो, ‘समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताका विकास गर्नुका साथै भु्रण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।’ गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्र वा सरकारी अस्पतालमा जन्मिएका छोरीका नाममा खाता खोल्न पाइने कार्यविधिमा उल्लेख छ ।
गाउँपालिकाले एकल महिलाको साथमा स्थानीय सरकार भन्ने नाराको कार्यान्वयन गरी एकल महिलाको संरक्षण साथै सीप विकास एवं स्वरोजगारका कार्यकमहरु सञ्चालनमा ल्याएको छ । एकल महिला, वैदेशिक रोजगारबाट फिर्ता भएका, आर्थिक रुपमा कमजोर महिलालाई लक्षित रोजगार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
गृहिणी महिलाको शारीरिक एवं मानसिक स्वास्थ्यमा सुधार गर्न गृहिणी स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताइन् ।
Related News
सम्बन्धित समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९