सेनाका मेजरहरुले मुख्यमन्त्रीलाई सोधे : संघीयता कार्यान्वयनका चुनौती के हुन् ?

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७९
cm with army

पोखरा।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सैनिक कमाण्ड तथा स्टाफ कलेजमा जारी तालिममा प्रशिक्षार्थीले सोमबार अन्तक्र्रिया गरेका छन् । संघीयता कार्यान्वयमा देखिएका चुनौती, अवसर, आर्थिक विकास, भौतिक पूर्वाधारदेखि सम्भाव्यताका बारेमा प्रशिक्षार्थीले राखेका जिज्ञाशा मुख्यमन्त्री पोखरेलले मेटाए ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनका सिलसिलामा ५ वर्षे अवधि पार गर्दै गर्दा धेरै उल्झन खेप्नु परेको बताए ।
प्रदेशको सुरक्षा प्रदेशकै जिम्मा रहे पनि संघीय सरकारकै कारण यो व्यवस्था कार्यान्वयनमा आउन नसकेको उनले बताए । संघले प्रदेशलाई विश्वास नगरे झंै गरी प्रहरी समायोजनमा अलमल गर्दा प्रदेश सरकारलाई कार्यसम्पादनमा असहजता उत्पन्न भएको उनको भनाइ थियो । तर पनि प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणदेखि बन्दोबस्तीका सामान उपलब्ध गराइरहेको उनले बताए ।
आर्थिक विकासको सन्दर्भमा राखेको जिज्ञाशामा उनले प्रदेशको अर्थतन्त्रको आकार सानो भएको, संघीय सरकारको अनुदान नै मुख्य स्रोत भएको भनाइ राखे । उनले भने, गण्डकीको अर्थतन्त्रले कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशत मात्र योगदान गर्छ । हाम्रो आम्दानी नै कम छ । यातायात क्षेत्र नै आन्तरिक आम्दानीको मुख्य स्रोत हो ।

प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा पर्यटनलाई समृद्धिको पहिलो आधार मानिएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसै अनुसार हामीले पर्यटन ऐन पनि ल्याएको बताए । पर्यटन, ऊर्जा, कृषि र उद्योग क्षेत्र हाम्रा उच्च सम्भावना भएका क्षेत्र रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

प्रदेशस्तरका समस्या समाधानका लागि संविधानको धारा २३४ ले प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश समन्वय परिषदको व्यवस्था गरेको, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको गठन भएको र केही समस्या आइपरे निरुपण गर्न संवैधानिक इजलाशको प्रावधान रहेको उनले बताए । प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषदको व्यवस्था रहेको मुख्यमन्त्रीले उल्लेख गरे । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा प्रदेश सरकारले उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी उनले गरे ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रविलाल पन्थले सुरक्षा संयन्त्र परिचालनका लागि प्रदेश प्रहरी प्रमुखको कमाण्ड रहने र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीले परिचालन गर्ने प्रावधान रहेको बताए ।

नेपाली सेनाका महासेनानी जयन्द्र केसीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समय प्रदान गरेकामा मुख्यमन्त्रीलाई धन्यवाद् व्यक्त गरे । उक्त अवसरमा ४२ जना प्रशिक्षार्थी सहभागी थिए । तालिममा नेपाली सेनाका सेनानी र सशस्त्र प्रहरीका डिएसपी सामेल छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सैनिक कमाण्ड तथा स्टाफ कलेजमा जारी तालिममा प्रशिक्षार्थीले सोमबार अन्तक्र्रिया गरेका छन् । संघीयता कार्यान्वयमा देखिएका चुनौती, अवसर, आर्थिक विकास, भौतिक पूर्वाधारदेखि सम्भाव्यताका बारेमा प्रशिक्षार्थीले राखेका जिज्ञाशा मुख्यमन्त्री पोखरेलले मेटाउनुभएको छ । प्रदेशका प्रमुख सचिव रविलाल पन्थ सहभागी कार्यक्रम नेपाली सेनाका महासेनानी जयन्द्र केसीले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभयो । तालिममा सहभागी सेनानी र सशस्त्र प्रहरीका डिएसपीसहित ७ जनाले जिज्ञाशा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width