पोखरा । पश्चिमाञ्चल मावि, गैह्रापाटनले कास्की जिल्ला माविस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा पोखरा–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पारेको हो
उसले २५–२३, २५–१४ र २५–२२ को सेटमा पराजित गरेको हो । उपाधि विजेता पश्चिमाञ्चलले २० र उपविजेता शान्त माविले १५ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार हात पारे ।
पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव अवसरमा आयोजित प्रतियोगितामा ८ सरकारी र ८ निजी गरी १६ विद्यालयले भाग लिएका थिए ।
आयोजक पोखरा बहुमुखी क्याम्पसका खेलकुद प्रतियोगिता संयोजक भरतराज अधिकारीका अनुुसार विद्यार्थीलाई खेल क्षेत्रमा सक्रिय बनाउन जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको हो । ‘गण्डकी प्रदेशमा भलिवल खेलको क्रेज छ । महिला भलिबलका पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुँदै आएका छन्,’ उनले भने, ‘यस्ता प्रतियोगिताले शैक्षिक क्षेत्रभित्र लुकेका खेलाडीको पहिचान बाहिर आउँछन् ।’
क्याम्पस प्रमुख शिशुकला पराजुलीले पहिला ेपटक क्याम्पसले जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको र आगामी दिनमा पनि यस्तै खेलकुदका गतिविधि गर्दै जाने बताइन् । ‘खेलाडीभित्र लुकेको क्षमतालाई बाहिर ल्याउने माध्यमरुपमा यस्ता प्रतियोगिता हुने गरेका छन्,’ उनले भनिन्, ‘शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि पहिचान बढाउन विद्यार्थीले यस्तै प्रतियोगिताबाट अवसर पाउँछन् ।’
क्याम्पसले चारवर्षे स्नातक तहमा मानविकी र व्यवस्थापन संकाय संंचालन गर्दै आएको छ । यो पश्चिमाञ्चलकै पहिलो सामुदायिक क्याम्पस पनि हो ।
Related News
सम्बन्धित समाचार
भलिबलमा डायमन्डको विजयी सुरुवात
पोखरा २३ लाई दोहोरो उपाधि
पोखरामा वडास्तरीय भलिबल सुरु
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९