फरक र नयाँपन दिने गरी महोत्सव गर्दै छौं : पवन प्रजापति

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७९
Pawan

पवनकुमार प्रजापति, अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले यसपटक संघले फरक र नयाँ ढंगले राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ आयोजना गर्न लागेको जानकारी दिएका छन् । आदर्श समाज राष्ट्रिय दैनिकसँग कुरा गर्दै प्रजापतिले कोरोनाका कारण लगातार तीन वर्ष स्थगित भएको महोत्सवलाई यसपटक उद्यमशिलतासँग जोड्ने गरी प्रभावकारी ढंगले आयोजना गर्न लागिएको बताए ।
custom jerseys
nfl football fantasy
nfl shop
custom nfl jersey
custom nfl jersey
nfl fantasy football
cheap nfl jerseys
best nfl uniforms
nfl shop coupon code
official nfl shop
nfl pro shop
nfl football
nfl com shop
nfl shops
nfl fantasy football
nfl shop steelers
nfl custom jersey
nfl stores
nfl fan shop
cowboys jersey for sale
shop nfl jerseys
nfl fantasy
nfl jerseys
custom jersey
chicago bears
nfl super bowl
custom jerseys
cheap jerseys nfl
cheap nfl jerseys
new york nfl teams
nfl fantasy jersey
nflshop
nfl shop coupon code
nfl superbowl winners
nfl shop customer service
nfl jersey for sale
Bengals jerseys
cowboys football
cheap nfl football jerseys
best nfl jersey
best nfl jerseys

आसन्न संघीय र प्रदेशसभा चुनावका कारण मेलाको कार्यक्रम अगाडि बढाउने कार्य केही प्रभावित भए पनि विभिन्न उपसमितिहरु गठन गरेर काम अगाडि बढिसकेको उनले सुनाए । आगामी मंसीर १६ देखि २५ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवमा प्रवेश गरेपछि उद्योगी वा व्यवसायी बन्न सघाउ पुग्ने गरी वातावरण तयार गरिने उनले बताए ।

स्वरोजगार हुन सघाउ पुग्ने गरी इच्छुकहरुका लागि महोत्सवस्थलमा नै एक हप्ते वा सो भन्दा लामो तालिमहरु पनि यसअन्तर्गत आयोजना गरिने र यसका लागि के कस्ता तालिम गर्ने र कसरी सहभागी हुने भन्ने विषय महोत्सव अघि नै सार्वजनिक गरिने पनि उनले जानकारी दिए । मेला पनि अवलोकन गर्नुस्, तालिम पनि लिनुस् र उद्यमी पनि बन्नुस् भन्ने आग्रहसहित मेला अगाडि बढाउन लागिएको उनले स्पष्ट पारे । ‘त्यसकारण पनि पोखरेली र अन्य नेपालीले यो मेला अवलोकन गर्न जरुरी छ,’ उनले भने, ‘पोखरा र वरपरको पर्यटन मात्र नभई स्वास्थ्य र कृषिको पाटोलाई समेत राम्रोसँग समेटेर महोत्सव गर्दै छौं ।’

कोरोनाका कारण सिंगो उद्योग व्यापार जगत आहात भएका कारण पनि यो पटक महोत्सवलाई साथ दिन उनले सबैसँग आग्रह गरे । महोत्सवमा यस क्षेत्रका पर्यटन व्यवसायी, पुराना व्यवसायी र विज्ञहरु विच आपसमा ‘टक सो’ समेत आयोजना गरिने अध्यक्ष प्रजापतिले बताए । अबको दिनमा उद्योगी व्यवसायी, पोखरा उद्योग वाणिज्य संघ, सिंगो पोखरा र सरकार कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयलाई उक्त ‘टक सो’ ले समेट्ने जानकारी उनले दिए ।

घरमा नै बसेर उद्यमी बन्न सकिने खालका कार्यक्रम पनि महोत्सवमा समेटिने र स्थानीय कृषि र हस्तकला सम्बन्धी उत्पादनलाई प्रथामिकता दिइने योजना रहेको उनले बताए । मेला खासगरी पोखरेली र नेपाली पन झल्कने किसिमले नितान्त व्यवसायी र उद्योगीलाई हित पुग्ने गरी संचालन गर्न लागिएको अध्यक्ष प्रजापतीले बताए ।

यदि तपाइँ युकेमा उत्कृष्ट Panerai प्रतिकृति घडी बिक्रेताहरू खोज्दै हुनुहुन्छ भने, ReplicaMades.is/panerai.html मा जानुहोस्।

superwatches.me मा सस्तो प्रतिकृति घडीहरू किन्नको लागि उत्तम ठाउँ।

उद्योगी व्यवसायीले महोत्सवलाई सफल पार्न सघाउनुपर्ने र केही लिएर जानुपर्ने उनले बताए । संघले पनि केही दिने गरी महोत्सव अगाडि बढाउन चाहेको भनाई उनको थियो । पाकिस्तान, भारत र वंगलादेशबाट समेत उद्योगी व्यवसायी आउने गरी महोत्सवको तयारी अगाडि बढाइएको संघले जनाएको छ । महोत्सवका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसँग पनि भेट गरेर कोरोनापछि व्यवसाय प्रवद्र्धन हुने गरी महोत्सव आयोजना गर्न लागिएको आफूहरुले जानकारी गराइसकेको उनले बताए । पोखरा महानगरका प्रमुखसँग पनि राम्रै तरिकाले समन्वय भएको र उनीबाट राम्रो रेस्पोन्स पाइएको अध्यक्ष प्रजापतिले जानकारी गराए ।

फरक प्रसंग जोड्दै उनले कोरोनापछि व्यपार व्यवसाय केही राम्रो हुने अवस्थामा हुँदा बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याजदर सात प्रतिशत बाट एक्कासी १७ प्रतिशत पुर्याउँदा उद्योगी व्यवसायी मारमा परेकोे बताए । ‘यो भनेको अब व्यापार व्यवसाय नगर भन्ने खालको अवस्था हो ।’ उनले भने, ‘१४/१५ प्रतिशत ब्याज बैंकले नै दिने भएपछि किन उद्योग व्यापार गर्नुपर्यो भन्ने खालको वातावरण भएको छ ।’ उद्योग व्यापार गरेर पाँच प्रतिशत नाफा लिन पनि गाह्रो हुने अवस्था रहेको र खासमा क्रेताहरु र नाफा पनि नभएको दाबी उनले गरे ।

तर पनि नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेका कारण उद्योगी व्यवसायीले महंगो ब्याजविरुद्धको आन्दोलन चुनावसम्मका लागि स्थगित गरिएको र त्यसपछि पनि ब्याजदर सहज नभए गर या मर भन्ने हिसावले आन्दोलनले निरन्तरता पाउने उनले बताए । कोही बाँच्ने र कोही मर्ने भन्ने हुँदैन, बैंक पनि बाँच्नुपर्यो, उद्योगी व्यवसायी र सर्वसाधरण पनि बाँच्नुपर्यो भन्ने कुुरा उनको छ । उद्योगी व्यवसायी र बैंकर एउटै व्यक्ति हुँदा पनि तरलता समस्या सिर्जना भएको भन्ने भनाईमा उनले बैंकिङ क्षेत्रमा लगानी गर्ने व्यवसायीको संख्या १० प्रतिशत पनि नभएको र सबैलाई एउटै डालोमा हालेर हेर्न नमिल्ने बताए ।

आफ्नो टिम निर्वाचित भएलगत्तै दशैं आएको र ब्याजदरको प्रेसर परेका कारण काम अगाडि बढाउन असहज भए पनि आफ्नो चुनावी अजेण्डा समेट्दै व्यवासायीको तथ्यांक संकलनका लागि सुदीप प्रधानाङ्गको संयोजकत्वमा टिम बनाएर काम अगाडि बढाइएको उनले सुनाए । संघको पुरानो भवन भएको ठाउँमा मेलाको केही बचत रकम र सरकारको आर्थिक सहयोग परिचालन गरी बहुउद्देश्यीय भवन बनाउने, पोखरा र गण्डकी प्रदेशकै प्रतिनिधित्व हुने गरी पर्यटन क्षेत्रसँग समन्वय गर्दै कोशेली घर निर्माण गर्ने, यवासयीको विमा योजनालाई अगाडि बढाउने र विविध तालिम संचालन गर्दै आयात प्रतिस्थापन गर्ने गरी आफू र आफ्नो टिम अगाडि बढीसकेको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width