प्रदेश नम्बर–१ सँग गण्डकी २–१ अन्तरले पराजित

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७९
gandaki pradesh

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ । स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो ।

शनिबारको खेलमा अन्जना थुलुङ राईले ३६ आौं मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाईन् । दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश १ की नै अनिता गुरुङले थप १ गोल गर्दै प्रदेश नम्बर १ लाई जित नजिक पुर्‍याईन् ।

खेलको उत्तरार्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले घरेलु टोली गण्डकी प्रदेशको तर्फबाट सान्त्वना गोल गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै