महिला भलिबलमा गण्डकीको विजयी सुरुआत

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७९
woman volleyball game myagdi 3

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबारदेखि महिला भलिवल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता आयोजक गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८, २५– २२ को जित निकालेको थियो । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिइन् । भने सुदूरपश्चिमको कप्तानी बलारती जोशीले गरेकी थिइन् ।

महिला भलिबलमा ७ प्रदेशसहित ३ विभागीय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका टीमका खेलाडीको सहभागिता छ ।

शुक्रबार ३ खेल हुँदै छन् । असोज २८ गते शुक्रबार बिहान ८ बजे समूह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समूह २ को बागमती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लब र लुम्बिनी बीच हुने महिला भलिबल प्रतियोगिताका संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।

महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकी सहितको र्‍याली निकालिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित   

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    वालिङ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा…
  • पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आगामी जेठ २ देखि ५ सम्म प्रथम क्लबस्तरीय पुरुष भलिबल आयोजना गर्ने भएको…
  • टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • भलिबलको सेमिफाइनल समीकरण

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पुरुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा…

hero news full width