गण्डकी भलिबल टिम घोषणा

आदर्श समाज सम्वाददाता
असाेज २, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशले भलिबलतर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डे (स्याङ्जा) र महिलातर्फ अरुणा शाहीको कप्तानीमा समान १२ सदस्यीय टोली घोषणा गरेको हो । पुरुषतर्फ कप्तान पाण्डेसहित, रवि केसी, किरण गुरौं, घनश्याम चौधरी, सन्तोष थापामगर, सन्जय परियार, दीपक मल्ल ठकुरी, हिमाल सुनारी, प्रेमबहादुर कुमाल, सुजन चोखाल, सुवास कुँवर र राजन थापा छन् ।

महिलातर्फ कप्तान शाहीसहित रेविना घर्तीमगर, सस्मिता पुन, पवित्रा श्रीपाली, मनीषा तिलिजापुन, ममता डगौरा, गंगा गुरुङ, सम्पदा गुरुङ, रीमा कुँवर, प्रतीक्षा सेन ठकुरी, साइन थापा र हिमाली रोकामगर छन् । टोली प्रशिक्षक रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी छन् ।

विशेष प्रशिक्षणका लागि शनिबार नै प्रशिक्षकसँग सम्पर्क गर्न आग्रह गरिएको छ । गण्डकी प्रदेशले पहिलो चरणमा असोज १ गतेदेखि विशेष प्रशिक्षण र असोज १५ देखि बन्द प्रशिक्षण गर्ने जनाएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले शनिबारसम्म छनोटमा परेका खेलाडीहरु पोखरामा आउने र आईतबारबाट विषेश प्रशिक्षण सुरु गरिने जानकारी दिए । केही खेलको प्रशिक्षण भने शनिबारदेखि नै सुरु गरिएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित   

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    वालिङ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा…
  • पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आगामी जेठ २ देखि ५ सम्म प्रथम क्लबस्तरीय पुरुष भलिबल आयोजना गर्ने भएको…
  • टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • भलिबलको सेमिफाइनल समीकरण

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पुरुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा…

hero news full width