केफमा बाल दिवस

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९

पोखरा । केफ मावि, पोखरा–१, सिम्पानीमा विविध कार्यक्रम सञ्चालन गरी ५८ औं राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराको मर्मलाई आत्मसाथ गर्दै दिवस मनाइएको हो ।

सो अवसरमा विद्यालयका नेपाली विभाग प्रमुख भानुभक्त पोख्रेलद्वारा रचना गरिएको चेतनामूलक लघु नाटक ‘बाल अधिकारका कुरा’ मञ्चन गरिएको थियो । उक्त नाटकमा कक्षा ६, ७ र ८ मा अध्ययनरत नाटकको कक्षा लिइरहेका विद्यार्थी आदर्श पौडेल कक्षा ७, सफलता दाहाल कक्षा ८, सिम्रन अधिकारी कक्षा ८, गरिमा गौतम कक्षा ८ आरुषी पराजुली कक्षा ८, शिष्टता आचार्य कक्षा ८, रुदिना अधिकारी कक्षा ७, कसम सापकोटा कक्षा ६ र कृष्बिन अधिकारी कक्षा ६ ले अभिनय गरेका थिए । नाटकको निर्देशन नाटक प्रशिक्षक अनुषा परियारले गरेका थिए ।

उक्त अवसरमा कक्षा ४ की छात्रा आराध्य लामिछाने छात्र प्रिन्स सुनार र अनिश भण्डारी कक्षा ८ का छात्र अपार अधिकारी, कक्षा १० की छात्रा आइसा पराईले गीत गाएर भरपुर मनोरञ्जन गराएका थिए । साथै कक्षा ७ का छात्रा सृष्टि क्षेत्री र एन्जल केसीले बालअधिकारसम्बन्धी वक्तृत प्रस्तुत गरेका थिए । कक्षा ५ ‘क’ र ‘ख’ सेक्सनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्राचार्य डिल्लीराम अधिकारी, सहायक प्राचार्य भानुभक्त पोख्रेल, सहक्रियाकलाप प्रमुख अमृत पौडेल लगायत सम्पूर्ण शिक्षकको उपस्थिति थियो । यस्तै, शिक्षिका आश्मा रञ्जित, शिक्षक अर्जुन राई तथा कक्षा ५ ‘ग’ का विद्यार्थीको सक्रियतामा बालअधिकारसम्बन्धी विविध चित्रकला प्रदर्शनी गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width