जनप्रिय माविमा विद्यार्थीको स्वागत

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७९
janapriya 2

पोखरा, २७ भदौ । जनप्रिय मावि, सिमलचौरमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत गरिएको छ ।

प्रमुख अतिथि पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, विद्यालय प्रअ देवीप्रसाद बस्ताकोटी, प्रातः संयोजक इन्द्रबहादुर थापा, पूर्व विद्यार्थी मञ्च अध्यक्ष सरोजनारायण बराल लगायतले शुभकामना मन्तव्य दिंदै आगामी दिनमा शैक्षिक सफलताको कामना गरे ।

कार्यक्रममा कक्षा १२ र एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र सौगात भुसाल र छात्रा अस्मिता ढुंगानालाई मायाको चिनो प्रदान गरिएको थियो । जसको प्रायोजन जनप्रिय स्टेसनरीले गरेको थियो ।
कक्षा १२ की छात्रा सविता पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक श्रीकान्त पौडेलले गरेका थिए । सो अवसरमा विद्यार्थीले नृत्यसहित विभिन्न सांगीतिक प्रस्तुति राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै