कालिका माविमा ८० विद्यार्थीलाई छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७९
image_6483441 (1)

तस्वीर सुदर्शन रञ्जित

पोखरा, १९ भदौ । पोखराको रामबजारस्थित कालिका माध्यमिक विद्यालयमा २०७८ सालको शैक्षिक पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको छ।

विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्म कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरिनुको साथै कुल २ लाख ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक श्रीराम आचार्यका अनुसार कम्तीमा २ हजारदेखि बढीमा ६ हजारसम्म ८० जना विद्यार्थीलाई विभिन्न छात्रवृत्ति गरिएको हो । उनले भने, ‘विद्यालयमा विभिन्न महानुभाव तथा संस्थाद्वारा स्थापित १४ अक्षयकोषबाट ८० जना विद्यार्थीलाई कुल २ लाख ८३ हजार रुपैयाँ वितरण गरिएको छ ।’ विद्यालयले वार्षिकरुपमा कक्षागत रुपमा उत्कृष्ट सहित गरिब, जेहेनदार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएको छ ।

१४ ओटा छात्रवृत्तिमध्ये सबैभन्दा ठूलो धनराशि हरिगोपाल गणेशमाया छात्रवृत्ति नामको अक्षयकोष हो । बाबुआमाको नाममा रामबजारका वैकुण्ठलाल, शिवकुमार, सुदर्शन, विजयकुमार रञ्जित, शकुन्तला प्रधान र कमला रञ्जितले २०७४ सालमा ४ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका थिए ।

विद्यालयमा ४ लाखको हरिगोपाल गणेशमायालगायत १४ छात्रवृत्ति स्थापना गरिएको छ

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपकबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता विद्यालय प्रअ बलराम गिरिले गरेका थिए । कार्यक्रममा स्वागत सहायक प्रअ श्रीराम आचार्य र संचालन शिक्षक ज्ञानबहादुर थापाले गरेका थिए ।

२०२१ सालमा स्थापित विद्यालयमा २ हजार ६ सय विद्यार्थी अध्ययनरत् छन् । तीमध्ये दिवासत्रमा १ हजार ६ सय बिहानी सत्रमा १ हजार विद्यार्थी पढ्छन् । कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र होटल व्यवस्थापन गरी ५ संकायमा पढाइ हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै