विद्यालय बन्द कार्यक्रम स्थगित

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७९

पोखरा । विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।

आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी र आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्रले विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम स्थगित गरिएको जनाएका छन् । उनीहरु २ सातादेखि आन्दोलित थिए ।

विद्यालयका लेखापाल, कार्यालय सहयोगी सेवासुविधाका लागि विद्यालय बन्द गरेर आन्दोलित बनेपछि बालबालिका पठनपाठनबाट वञ्चित भएका थिए । त्यसको भने सर्वत्र विरोध भएको थियो ।

शिक्षक महासंघले नै परिषद्को आन्दोलनमा ऐक्यबद्धता जनाएका कारण अधिकांश ठाउँमा विद्यालय बन्द रहेका थिए । शिक्षा मन्त्रालयले बन्दको कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेपछि घोषित बन्दको कार्यक्रम फिर्ता गरिएको हो । शिक्षा मन्त्रालयका उपसचिव बिदुर गिरीले विज्ञप्ति जारी गरेर बन्दको कार्यक्रम फिर्ता गरे मात्रै वार्ता गरिने अडान लिएका थिए । शिक्षा महासंघको पहलमा मन्त्रालयसँग वार्ताको प्रयास भइरहेको परिषद्ले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै