माछापुच्छ्रे माविले स्वर्ण महोत्सव मनाउने

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७९
machha .

हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ ।

सोको लागि शनिबार आयोजित भेलाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनपति भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समिति सहसंयोजकमा गायत्री अधिकारी पराजुली, महेश्वर पौडेल र विष्णुप्रसाद अधिकारी चयन भए । यस्तै, यादवराज अधिकारीलाई महासचिव, रमेशराज भण्डारीलाई सहमहासचिव, प्रअ घनश्याम पौडेल, सहायक प्रअ कृष्णप्रसाद अधिकारी, गीता पौडेललाई सचिव, गणेशमान गुरुङलाई कोषाध्यक्ष र मदनप्रसाद पौडेललाई सहकोषाध्यक्षको जिम्मेवारी दिइयो ।

यस्तै, गठित विभिन्न उपसमितिअन्तर्गत अर्थ संकलनमा गणेशमान गुरुङ, सांस्कतिक व्यवस्थापनमा जीवन दाहाल, स्वयंसेवक परिचालनमा राजु पौडेल, प्रचारप्रसार उपसमितिमा सहायक प्रअ कृष्णप्रसाद अधिकारी, मिडिया परिचालनमा श्रीभद्र पौडेल, जनसम्पर्क समितिका पिताम्बर भण्डारी, विदेश समन्वय समितिमा सुशील भट्टचनलाई संयोजक तोकिएको छ ।

यसैगरी, मूल्याङ्कन सम्मान उपसमितिमा रामचन्द्र सुवेदी, अतिथि सत्कार उपसमितिमा लोकराज भण्डारी, पूर्व शिक्षक पुनर्मिलन समितिमा शिवकुमार सुवेदी, शैक्षिक प्रर्दशनी उपसमितिका शिक्षक दीपकराज अधिकारीलाई संयोजक जिम्मेवारी दिइएको छ ।

२०२९ सालमा स्थापित विद्यालयले आगमी पुस १२ देखि २० सम्म महोत्सव मनाउने

भेलाले सल्लाहकार समिति पनि निर्माण गरिएको छ भने आवश्यकता आधारमा अन्य उपसमिति र सदस्यहरु थप गरिने भएको छ ।

भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कास्कीको शैक्षिक धरोहररुपमा माछापुच्छ्रे माविलाई चिनाउँदै सम्पूर्ण सरोकारवाला मिली स्वर्ण महोत्सवलाई भव्यतापूर्वक सम्पन्न गराउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवर, उपसचिव विष्णुप्रसाद अधिकारी, गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाई, माछापुच्छ्रे क्याम्पस प्रमुख रामचन्द्र सुवेदी, अन्नपूर्ण २ का वडाध्यक्ष पिताम्वर भण्डारी, विद्यालयका अध्यक्ष मनपति भण्डारी, प्रअ घनश्याम पौडेल लगायतले पनि धारणा राखे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रअ कृष्णप्रसाद अधिकारीले स्वागत र शिक्षक शालिकराम अधिकारी तथा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक हरिशचन्द्र भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

२०२९ सालमा स्थापित विद्यालयले आगमी पुस १२ देखि २० सम्म महोत्सव मनाउने भएको हो । विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या ३ सय ६७ जना छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै