एसओएसमा विद्यार्थीको स्वागत

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७९
sos

पोखरा । रामबजार पोखरास्थित एसओएस स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भयो । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले कार्यक्रम उद्घाटन गर्दै अनाथ र असहाय बालबालिकालाई संरक्षण र शिक्षादीक्षा प्रदान गर्दै विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याइरहेको योगदानको सराहना गरे ।

उनले विद्यार्थीलाई गण्डकी विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने विषयप्रति आफू सकारात्मक रहेको बताए ।

कार्यक्रममा एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्य, विद्यालय सहप्राचार्य किरण सापकोटाले पनि बोलेका थिए ।

कक्षा १२ की आयुष्मा भण्डारीद्वारा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका निमित्त प्राचार्य चूडामणि सुवेदीले गरेका थिए । कार्यक्रममा विद्यालयका संयोजक खगेन्द्रराज बराल र कक्षा १२ की सम्पदा पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विज्ञान संकाय अध्ययन–अध्यापन हुने एसओएसमा कक्षा ११ मा हाल भुक्तानी र छात्रवृत्ति कोटामा गरी १ सय ३० भन्दा बढी विद्यार्थी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै