जनप्रियको क्याम्पस प्रमुखमा लोकराज

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७९
janapriya

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा लोकराज भण्डारी नियुक्त भएका छन् ।

बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पदस्थापन गराए । सो अवसरमा मन्त्री बरालले जनप्रिय बहुमुखी क्याम्पसलाई स्वस्थ प्रतिष्पर्धाको केन्द्र बनाउन सुझाव दिए । क्याम्पसको भौतिक पूर्वाधार निर्माण एवं गुणस्तरीय शिक्षामा सुधारका लागि पहल गर्ने बताए ।

नवनियुक्ति क्याम्पस प्रमुख लोकराज भण्डारीले सबैसँग समन्वय गरी क्याम्पसको शैक्षिक गुणस्तर कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विभिन्न योजना कार्यान्वयन गर्ने क्रममा भोको पेट नहुने गरी व्यवस्थापन गर्ने जनाए ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा देवेन्द्रबहादुर लामिछाने, सहायक क्याम्पस प्रमुख भेषराज उपाध्याय, क्याम्पसका सल्लाहकार हरिनारायण गिरी, नेपाली विभाग प्रमुख गोपालप्रसाद बराल लगायत बोलेका थिए । पोखराको सिमलचौरस्थित जनप्रियमा हाल ५५ सय विद्यार्थी पढ्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width