सामूहिक बलात्कार आराेपमा नुवाकाेटका कांग्रेस नेता कास्की प्रहरीकाे हिरासतमा, फरारकाे खाेजी जारी 

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७९
rape

फाेटाेः सामाजिक सञ्चाल

पाेखरा ।   सामूहिक बलात्कारको आरोप लागेका  नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् ।

पाण्डे हाल कास्की प्रहरीको हिरासतमा रहेकाे र अर्का आरोपित राजु राउत फरार रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी गराए ।

पीडित युवतीले  महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाडाैंमा जाहेरी दिए पनि घटना पोखरामा भएको निवदेन भएकाले कागजात  कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरीका आधारमा पाण्डेलेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता पाण्डे असार २५ गते मनमैजुस्थित  क्लब लोटसबाट पक्राउ परेका हुन् ।

फरार राउत भास्ट विन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी हुन् । कांग्रेस नेता पाण्डे पनि विभिन्न व्यवसायमा संलग्न छन् । ४ जना मिलेर युवतीलाई पोखरा लगे पनि उनले २ जनाविरुद्धमात्र जाहेरी दिएकी छन् । राउतमार्फत् चिनेर आफू पोखरा गएको युवतीको बयानमा उल्लेख छ ।

आरोपी राउत र पीडित युवतीबीच ७/८ महिना अघि टिकटक लाइभमार्फत् चिनजान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । इटहरी घर भएकी ती युवतीलाई करिब २ साताअघि काठमाडौं बोलाइएको थियो ।

राउत र पाण्डेले आफूहरु चितवनमा रहेको भन्दै उतै बोलाएका थिए । चितवनबाट युवतीसहित ५ जना असार २२ गते पोखरा आएका थिए ।

पोखरामा १ रात बस्ने क्रममा आफूमाथि सामूहिक बलात्कार भएको ती युवतीको दाबी छ । चितवनबाट ४ जना आएकाे भए पनि आफूलाई राउत र पाण्डेले मात्र बलात्कार गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । काठमाडौं फर्कने क्रममा आफूलाई अन्य २ जनाले दुर्व्यवहार पनि गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

काठमाडौंमा फर्किएपछि आरोपीहरुले बुक गरेको होटलमा बसेकी ती युवतीले भोलिपल्ट आफू पोखरामा बलात्कारमा परेको भन्दै जाहेरी दिएको बुझिएको छ । कास्की प्रहरी प्रवक्ता तिवारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width