जम्मु कस्मिरमा डुलुवा टोलीको पत्रकार भेटघाट

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७९
duluwa team kasmir ma

पोखरा । पोखराको प्रचारप्रसार गर्दै पश्चिम नेपालसहित भारतका विभिन्न सहरको भ्रमणमा निस्किएको पोखरेली डुलुवा टोली भारतको जम्मु कस्मिरमा पुगेको छ । टोलीले त्यहाँ पत्रकार भेटघाट गरी पोखराको पर्यटनबारेमा जानकारी गराएको छ ।

टोलीले भारतका विभिन्न सहरहरुमा पोखराको प्रवद्र्धनात्मक सामग्री ब्रुसर, पोस्टर वितरण गरेको छ भने विभिन्न समूहहरुसँग छलफल तथा अन्तक्र्रिया पनि गर्दै अगाडि बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतीयहरुले आफूहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताए । टोलीले उनीहरुलाई पोखरामा रहका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यावसायिक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं,’ उनले भने ।

गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोस्रो दिन रामपुरमा, तेस्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैटौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिए । १९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले लद्दाक हुँदै मनाली पुग्नेछ । मनालीमा त्यहाँका व्यवसायीसँग अन्तक्र्रियासँगै प्याराग्लाइडिङको कार्यक्रम पनि हुने भट्टराईको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width