पोखरा । कास्की जिल्लाका नवनिर्वाचित गाउँपालिका अध्यक्षहरुले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले शुक्रबार ४ गाउँपालिकाका अध्यक्षलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा रुपा गाउँपालिकामा नेकपा एमालेका नवराज ओझा, अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विष्णुबहादुर केसी, माछापुच्छ्रेगाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ र मादी गाउँपालिकामा कांग्रेसका उम्मेदवार देवीजंग गुरुङ निर्वाचित भएका हुन् ।
स्थानीय तह चुनावअन्तर्गत जिल्लाका ४ गाउँपालिकामध्ये एमालेले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा कांग्रेसले २ अध्यक्ष र १ उपाध्यक्षमात्र विजयी हासिल गरेको छ । रुपामा एमालेले अध्यक्ष र उपाध्यक्ष जित्दै विगतको विरासत जोगाएको हो । अध्यक्षमा नेकपा एमाले नवराज ओझा र उपाध्यक्षमा पनि लालसुव्वा गुरुङ दोहोरिए ।
माछापुच्छे« गाउँपालिकामा यसपालिको नतिजा रोचक रह्यो । एमालेको विरासत तोड्दै अध्यक्षमा निर्वाचित मीनबहादुरले विक्रम गुरुङलाई हराएका हुन् । उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारी निर्वाचित भइन् ।
मादीमा अध्यक्ष निर्वाचित कांग्रेसका देवीजंग गुरुङले एमालेका शिवबहादुर गुरुङ (महेन्द्र) लाई पराजित गरे । उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ विजयी भइन् ।
अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको छ । यसपालि एमालेका विष्णुबहादुर केसीले पुराना प्रतिस्पर्धी युवराज कुँवरलाई हराउँदै दोस्रो प्रयासमा सफल भए । उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी निर्वाचित भइन् ।
अघिल्लो चुनावमा कास्कीका ४ गाउँपालिकामध्ये एक अध्यक्ष (अन्नपूर्ण गाउँपालिका) मा बाहेक अन्यमा अध्यक्ष/उपाध्यक्ष एमालेले जितेको थियो ।
रुपामा निशुल्क एम्बुलेन्स
रुपामा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध्यक्षले शुक्रबार नै पदभार ग्रहण गरेका छन् । स्थानीय तह चुनावमा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ विजयी हुँदा कांग्रेसका उम्मेदवार पराजित भए । अध्यक्ष, उपाध्यक्ष र सदस्यले शुक्रबार सपथ लिएका हुन् । सपथलगत्तै अध्यक्ष र उपाध्यक्षले पदभार सम्हाले ।
पदभार ग्रहण गर्दै अध्यक्ष ओझाले गाउँपालिकावासीलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । ‘रुपा गाउँपालिकावासीलाई बिरामी भएपश्चात उपचारका लागि पालिका अस्पताल र बाहिर लैजाने एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय गरियो,’ निर्णयमा भनिएको छ, ‘यो निर्णय आगामी कार्यपालिका बैठकबाट अनुमोदन गराउने निर्णय गरियो ।’
हाल रुपामा ३ एम्बुलेन्स छन् । यसरी सेवा दिंदा मासिक डेढदेखि २ लाख खर्च निस्किने अनुमान छ । ‘आवश्यक परे एम्बुलेन्स थप्छौं । तर कुनै नागरिक अस्पताल जाने पैसा नभएर घरमै थलिनुपर्दैन,’ नवनिर्वाचित अध्यक्ष ओझाले भने, ‘हामी नागरिकको सेवाका लागि आएका हौं । जसरी पूरा गर्छौं ।’ यसैबीच, विभिन्न वडाका अध्यक्ष र जनप्रतिनिधिले पनि पदभार सम्हालेका छन् ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९