पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत पोखराको मतगणना एक सातादेखि जारी छ । मेयरका लागि २३ र उपमेयरका लागि ८ जना चुनावी मैदानमा छन् । मतगणनाको नतिजा सार्वजनिक भइरहँदा केही रोचक तथ्य पनि बाहिरिने गरेका छन् ।
५५ हजार २ सय ६७ मत गणनामा केहीले १ मत मात्र पाएका छन् भने केहीमा उम्मेदवार नै नभएको पार्टीलाई पनि भोट गएको छ ।
पोखरा महानगरमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मेदवार छैनन् तर उनीहरुलाई पनि भोट आएको छ । पोखरामा माओवादी केन्द्रबाट मेयर उम्मेदवार नभए पनि ५५ हजार २ सय ६७ मत गणनामा ४८ मत परेको छ भने सोही पार्टीको उपप्रमुखमा ४४ मत झरेको छ ।
यसैगरी, जनमोर्चाको गिलास चुनाव चिन्हमा मेयरका लागि ८ र उपमेयरमा ३ मत परेको छ । छाता चुनाव चिन्ह भएको जनता समाजवादी पार्टीका लागि मेयरमा ५ र उपमेयरमा ३९ मत छ ।
यसबाहेक पोखरामा उम्मेदवार नभएको घर, ब्याडमिन्टन कक चुनाव चिन्हको मेयरमा १/१ मत झरेको छ । केही चुनाव चिन्हका उम्मेदवारले दोहोरो अंक भेट्न सकेका छैनन् । नेकपा समाजवादीका गोविन्दप्रसाद शर्मा कार चुनाव चिन्हले ६, नेकपा माओवादी समाजवादीको महिला पुरुष चिन्हमा भोजराज त्रिपाठीले ७, दिलबहादुर गुरुङ स्वतन्त्रबाट गुलाबको फुलमा ५, राष्ट्रिय नागरिक पार्टीका सिर्जनादेवी रिजाल कार्कीले चंगा चुनाव चिन्हमा ४ र देशभक्त समाजका रनबहादुर दमैले बाह्रसिंगे जरायो चुनाव चिन्हबाट २ मत पाएका छन् । स्वतन्त्र विमलबहादुर कार्कीले भुइकटर चुनाव चिन्हबाट ३ मत ल्याएका छन् । तर कार्कीले अन्तिम समयमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै चुनावी कार्यक्रम रोकेका थिए ।
केही उम्मेदवारले दोहोरो अंक नै भेट्न सकेका छैनन्
यसैगरी केही स्वतन्त्र र पार्टीका उम्मेदवारहरुले दोहोरो अंकको मत बटुलेका छन् । आमुल परिवर्तन मसिया पार्टी नेपालबाट हृदय चुनाव चिह्नका मुना बानियाँले ६५, संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी (किबोर्ड सहितको कम्प्युटर )ले २६, किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) ले ५१, सुनिल बहादुर कोइराला स्वतन्त्र (हास)ले १९, मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा)ले ४२, भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) ले १७, नवराज बास्तोला स्वतन्त्र (आँप)ले २१, रामराज अधिकारी स्वतन्त्र (खरायो) ३२, अनिलकुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी)ले १४, आशिष थापा उन्नत लोकतन्त्र पार्टी (खुल्ला पुस्तक) ले ३९ र शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर) ले १८ मत ल्याएका छन् ।
उपमेयरमा भने धेरैले उम्मेदवार नभएको चुनाव चिन्हमा मत हालेका छन् । गठबन्धनबाट कलम चुनाव चिन्हमा मेयरमा मात्र उम्मेदवार भएपनि उमेयरका लागि ४२ मत झरेको छ । मंगोल नेशनल अर्गनाइजेसनमा १६ मत रहेको छ । लौरो चुनाव चिह्नमा पनि उपमेयरको उम्मेदवार थिएनन् तर ३८ मत छ । यस्तै चक्का पांग्रोमा ११, कुखुराको भालेमा ६१, कार र गुलाफको फुलमा २/२ साथै दापसहितको खुकुरी, चंगा र कम्प्युटरमा १–१ मत खसेको हो । उपमेयर मै उम्मेदवार रहेकाको चुनाव चिन्हले दोहोरो अंक कटाउन सकेका छैनन् । स्वतन्त्रकी सोममाया बिकको पुतलीमा १६, नेकपा समाजवादीकी शीतला थापाको कार चुनाव चिन्हमा ९, सचेत नेपाली पार्टीकी सोनी परियारले २२, आमूल परिवर्तन मसिहा पार्टी नेपालका पदमबहादुर गुरुङले ६१ मत ल्याएका छन् ।
सत्ता गठबन्धनबाट मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य, नेकपा एमालेका कृष्ण थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खराल र स्वतन्त्र उम्मेदवार खडकराज पौडेल गनेसले हजार अंक बढीको मत पाइसक्दा विवेकशील साझाकी सुशीला केसी अधिकारी र मंगोल नेशनल अर्गनाइजेसनका प्रेसप्रसाद गुरुङले सय मतमात्र कटाएका छन् ।
उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ र नेपाली कांग्रेसकी कोपिला रानाभाट प्रतिष्पर्धामा छिन् भने राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले एक हजार र विवेकशील साझा पार्टीका माधव भण्डारीले सय मत कटाएका छन् ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९