तनहुँ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ ।
एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, भीमाद–२ दिनेश थापा, भीमाद–३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे –३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका– २ मा नरबहादुर थापा विजयी भएको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले जानकारी दिनुभयो ।
यसैगरी नेपाली कांग्रेसबाट ऋषिङ गाउँपालिका–२ मा दलबहादुर थापा, शुक्ला–१ मा रवीचन्द्र पौडेल र वडा नं २ मा सुमन राना, भीमाद नगरपालिका–१ मा दीपक आले तथा देवघाटमा मीनराज राना विजयी भएकोे नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा प्रेमबहादुर गुरुङ र ऋषिङ गाउँपालिका–१ मा कुशबहादुर थापा विजयी भएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिनुभयो । ऋषिङ १ मा नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो ।
तनहुँको दश पालिकामध्ये नौ पालिकामा मतगणना कार्य जारी भए पनि व्यास नगरपालिका–८ मा भएको विवादका कारण मतगणना हुन सकेको छैन् । उक्त वडाका दुई मतदान केन्द्रमा पुनः जेठ ४ गते बिहान ७ बजेदेखि ५बजेसम्म मतदान गर्ने निर्णय भएको छ ।
Related News
सम्बन्धित समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
hero news full width
मुख्य समाचार
जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
असार १४, २०७९तालको मापदण्ड नघटाउन सर्वोच्चको आदेश
असार १४, २०७९नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
असार १३, २०७९