पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सातवटै पालिकामा मतगणना सुरु भैसकेका हुन् ।
पर्वतका जलजला गाउँपालिका र पैँयू गाउँपालिकामा गएरातिदेखिनै मतगणना सुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि आज दिउँसोदेखि सुरु भएको हो । पर्वतमा ६५ दशमलब ३८ प्रतिशत मत खसेको थियो । जिल्लाका सातवटै स्थानीय तहमा गठबन्धन र नेकपा ९एमाले०का उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ ।
अहिलेसम्म जलजला गाउँपालिका–१ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ । जसमा एमालेका जगबहादुर रोका वडाध्यक्षमा बिजयी हुनुभएको छ । पछिल्लो परिणामअनुसार जलजलाको अध्यक्षमा नेकपा एमालेको अग्रता कायमै रहेको छ, भने पैँयू गाउँपालिकामा कांग्रेसका उम्मेदवारका रहेको छ । उपाध्यक्षमा भने एमालेको यामकुमारी रानाको अग्रता रहेको छ ।
महाशिला गाउँपालिकामा पनि दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हो । सदरमुकाम कुश्मा नगरमा मतगणना भर्खरै सुरु मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।
उता फलेवास नगरपालिकामा पनि वडा नं १ कार्कीनेटा र वडा नंं ११ पाङराङको मतगणना सुरु भएको छ । दुवै नगरमा मतपरिणाम सार्वजनिक भइसकेको छैन ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१