कास्की कांग्रेसकाे पार्टी कार्यालयमा महानगर समितिले लगायो ताला

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७९
nc kaski

पोखरा ।  पाेखरा महानगरकाे मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीलाई दिने निर्णयकाे विराेधमा कांग्रेसकाे महानगर समितिले तालाबन्दी गरेकाे छ ।

महानगर समिति सचिव  टुबराज बास्तोला र गणेशबहादुर थापाले विज्ञप्ति जारी गरी तालाबन्दी गरेका हुन् । पाेखरा महानगर समितिसँग साेधपुछ नै नगरी जिल्ला कार्य समितिसँगकाे मात्रै साेधनीमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिँदा आम कार्यकर्ताकाे आत्मसम्मानमा चोट पुगेको भन्दै तालाबन्दी गरिएकाे हाे । आमकार्यकर्ताको मनोभावना उच्च राख्न तालाबन्दी गरिएकाे सचिव थापाले बताए

‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ, हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ,’ विज्ञप्तिमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width