अडान कास्कीमा रेग्मी

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७८
Aadan Kaski

पोखरा । अडिटर्स एसोसिएसन नेपाल (अडान) कास्की शाखाको शनिबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले कमलबहादुर रेग्मीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा केशवराज ढकाल, सचिव गुणनिधि पाण्डे, सहसचिव कृष्णप्रसाद ढुंगाना र कोषाध्यक्ष मधुमान कतिला निर्विरोध भए । सदस्यमा नारायणप्रसाद द्वा, अर्जुनप्रसाद पौडेल, तेजेन्द्र खनाल, झलकनाथ पौडेल, गोपाल तिमिल्सिना, अमरबहादुर थापा, भगवान् अधिकारी र लीलबहादुर थापा छन् ।
अधिवेशनको अडान केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले उद्घाटन गरेका थिए । त्यस अवसरमा केन्द्रका वरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेल, केन्द्रीय सल्लाहकार सूर्यप्रसाद अधिकारी, केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर थापा, गण्डकी अध्यक्ष तथा केन्द्रीय पार्षद् केशबहादुर केसी, केन्द्रीय सचिव बिलबहादुर भुजेल, केन्द्रीय सदस्य चन्द्रबहादुर सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलबहादुर रेग्मीले स्वागत र सचिव विष्णु बरालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width