पण्डित देवीप्रसाद रहेनन्

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
Late Devi Prasad Bastola

पोखरा । पोखरा–१२, चापापानी निवासी पण्डित देवीप्रसाद बास्तोलाको ९४ वर्षको उमेरमा बुधबार आफ्नो निवासमा निधन भयो ।
कृषि, धार्मिक तथा समाजिक क्रियाशील बास्तोला केही समयदेखि अस्वस्थ थिए ।
उनका ३ छोरा, २ छोरी, ५ नाति र ८ नातिनी छन् । ५ छोरामध्ये २ जनाको निधन भइसकेको छ । जेठा टंकप्रसाद पूर्व शिक्षक हुन् । माहिला विश्वमोहन र कान्छा छोरा ऋषभ बास्तोला सामाजिक क्षेत्रमा क्रियाशील छन् । छोरीहरु देवकुमारी (सीता) लम्साल र सरस्वती बास्तोला हुन् ।
स्व. बास्तोलाको पोखरा–१०, रामघाटमा बिहीबार दाहसंस्कार भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width