पुष्पकमलको ७३ औं जन्मजयन्ती

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
Puspakamal smriti newsdf

पोखरा । कम्युनिस्ट नेता कमरेड पुष्पकमल सुवेदीको ७३ औं जन्मजयन्तीका अवसरमा कृति समीक्षा तथा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा वामबुद्धिजीवी रघुनाथ अधिकारीले पुष्पकमल सुवेदी पञ्चायती दमनको अवस्थामा क्रान्तिकारी लहर ल्याउने एक अग्रणी योद्धा भएको स्मरण गर्दै उनले गाउँका किसान र विद्यार्थीमाझ माक्र्सवादी विचार बिस्तार गर्न महत्वपूर्ण योगदान गरेको बताए । प्रतिष्ठानले प्रकाशित गरेको सचेतना अंक ६ को चर्चा परिचर्चा गर्दै पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा वाम बुद्धिजीवी गेहेन्दे्रश्वर कोइरालाले प्रतिष्ठानले वैचारिक पत्रिका प्रकाशन गरेर माक्र्सवादीलाई जीवन्त बनाउने कार्य गरेर समाजमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले पत्रिकामा रहेका लेख रचना स्तरीय र शिक्षाप्रद छन् भन्ने कुरामा प्रकाश पारेका थिए ।
वामपन्थी विश्लेषक झलक सुवेदीले पुष्पकमलका विचारलाई वर्तमान पिंढीले व्यवहारमा उतार्नु पर्नेमा जोड दिँदै गण्डकी धौलागिरीमा कम्युनिस्ट आन्दोलनको बीजारोपण गर्न पुष्पकमलको भूमिकाका कारण आजको वाम आन्दोलन यो अवस्थामा आइपुगेको उल्लेख गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका लेखा आयोग सदस्य झलकपाणि तिवारी, वाम बुद्धिजीवी शेषमणि आचार्य, संस्थाका सल्लाहकार नारायण परिश्रमी लगायतले बोलेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष दिवाकर सुवेदी र माले क्रान्तिकारी दलका संस्थापक एवं पुष्पकमलका सहयोद्धा मोदनाथ रेग्मीलाई उनले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष पूर्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव धु्रव कल्पित सुवेदीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width