गौरीशंकर क्याम्पस प्रमुखमा पौडेल

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
gauri shnaker campus progrem photo

हेमजा । हेमजा, मेलबोटस्थित गौरीशंकर क्याम्पसको प्रमुखमा कृष्णप्रसाद पौडेल तथा सहायक क्याम्पस प्रमुखमा दीपक त्रिपाठी नियुक्त भएका छन् । आइतबार एक कार्यक्रमका बीच क्याम्पस सञ्चालक समितिले उनीहरुको पदस्थापना गरेको हो ।
कार्यक्रममा वडाध्यक्ष शोभाकर तिम्सिनाले क्याम्पसको शैक्षिक उन्नयनमा पौडेलको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै शैक्षिक गतिविधि सुधार्न तथा विद्यार्थी बढाउन थप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले लामो समय शिक्षा क्षेत्रमा खारिएको व्यक्ति प्रमुख भएकाले गौरीशंकरले चाँडै नै फड्को मार्ने विश्वाससमेत व्यक्त गरे ।
क्याम्पस संचालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले नवनियुक्त प्रमुख पौडेल अनुभवी व्यक्ति भएकाले क्याम्पस हरेक क्षेत्रबाट अगाडि बढ्ने विश्वास पलाएको बताए ।
नवनियुक्त क्याम्पस प्रमुख पौडेलले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै सरोकारवाला सवैको सहयोगमा क्याम्पस सञ्चालन गर्ने भनाइ राखे । उनले निवर्तमान क्याम्पस प्रमुख ओमबहादुर कुँवरले क्याम्पसमा प्रशासनिक अभिलेखीकरणको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको स्पष्ट पार्दै सबैमा संस्थागत चिन्तन हुनुपर्ने औंल्याए ।
सहायक क्याम्पस प्रमुख दीपक त्रिपाठीले उत्साहका साथ जिम्मेवारी ग्रहण गरेको भनाइ राख्दै सक्दो कार्य गर्ने प्रतिबद्घता जनाए ।
निवर्तमान् क्याम्पस प्रमुख ओमबहादुर कुँवरले आफ्नो कार्यकालका उपलब्धि सुनाउँदै सहयोगकर्ता सबैप्रति आभार प्रकट गरे ।
कार्यक्रमका बीच उपस्थित प्राध्यापक साथै सञ्चालक समितिका पदाधिकारी तथा सदस्यले नवनियक्त प्रमुख र सहायक प्रमुखलाई बधाई दिर्दै कार्यकालको शुभकामना दिए । कार्यक्रम निवर्तमान क्याम्पस प्रमुख कुँवरले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width