भाट समाज कास्कीको अध्यक्षमा सूर्य

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
bhat news

पोखरा । रानाभाट/भाट समाज नेपाल कास्की जिल्ला समितिको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट कृष्तिका सूर्यबहादुर रानाभाटको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्ष नरेशकुमार बञ्जरा, उपाध्यक्ष प्रतिभा रानाभाट र अन्जु रानाभाट, सचिव सूर्यप्रसाद बन्जरा, सहसचिव एकेन्द्र बन्जरा, कोषाध्यक्ष रेशमबहादुर रानाभाट र सदस्यहरु विमला रानाभाट, श्रीराम रानाभाट, एकदेव रानाभाट, लक्ष्मण रानाभाट, सञ्जयकुमार रानाभाट, गंगा रानाभाट, वासुदेव रानाभाट, विष्णुकुमारी रानाभाट, भूपेन्द्र रानाभाट, ढकबहादुर रानाभाट, पद्मा रानाभाट, सतिा रानाभाट र शम्भु अधिकारी चयन भएका छन् ।
कार्यक्रममा शिक्षामा विशिष्ठ योगदान गरेबापत् फिस्टेल एकेडेमीका संस्थापक प्राचार्य चिनु रानाभाट, कृस्तिका डा. मीनबहादुर रानाभाट, भाट समाजको पुनर्जागरण समय २०६४ देखि अनवरत समाजमा योगदान गरेबापत पश्चिमाञ्चल क्षेत्रीय समिति पूर्व सचिव असफल गौतम, पूर्व कोषाध्यक्ष कृष्ण रानाभाट, सहसचिव विकास रानाभाट, अभियन्ता विष्णु रानाभाट, कास्की जिल्ला पूर्व अध्यक्ष बुद्धिबहादुर रानाभाटलाई सम्मान गरिएको थियो ।
निर्वाचित पदाधिकारी तथा सदस्यलाई पूर्व केन्द्रीय अध्यक्ष खड्गबहादुर रानाभाटले सपथ ग्रहण गराएका थिए । निर्वाचन मण्डलमा केन्द्रीय सदस्यहरु श्रीबहादुर रानाभाट, ठाकुर रानाभाट र नरेन्द्र रानाभाट, गण्डकी प्रदेश अध्यक्ष चन्द्रबहादुर रानाभाट, पत्रकार कृष्ण रानाभाट थिए ।
समाजका अध्यक्ष रमेश रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष श्रीधर रानाभाटले र सञ्चालन सचिव रुद्रबहादुर रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width