जाल्पादेवी ताय मचामा जुद्धमान

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
jalpa

पोखरा । जाल्पादेवी तायः मचाको १० औं अधिवेशनले जुद्धमान जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा विश्वकुमार विजुक्छे, सचिव भगवान् बिजुक्छे, कोषाध्यक्ष अशोक श्रेष्ठ, सदस्य जीवन श्रेष्ठ, केदार कुँवर, राजकुमार ठुसाजू, राजेन्द्र जोशी, श्रवणलाल जोशी, राजेन्द्र श्रेष्ठ, श्रीप्रसाद श्रेष्ठ छन् । महिला मिसा पुच अध्यक्षमा सविना विजुक्छे, उपाध्यक्ष इन्द्र श्रेष्ठ, सचिव सजना विजुक्छे, कोषाध्यक्ष विन्ध्वरी श्रेष्ठ र सहसचिवमा संगीता बाटाजु चयन भए । युवा पुचातर्फ अध्यक्षमा राजीव श्रेष्ठ, उपाध्यक्ष सञ्जय श्रेष्ठ, सचिव इरोन श्रेष्ठ, कोषाध्यक्षमा कृस ठुसाजु चयन भए ।
गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै जातीय पहिचान, सद्भावका लागि नेवार समुदाय एक हुनुपर्ने बताए । मन्त्रीद्वारा समितिको विविध क्षेत्रमा सहयोग गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले स्थानीयस्तरमा रहेका सबै समुदायको विकासमा वडा सकारात्मक रहेको बताए ।
नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नेवार संस्कृति जगेर्नामा आमनेवार समुदाय लाग्नुपर्ने बताए । सिर्जना विकास केन्द्रका उपाध्यक्ष कृष्णबहादुर थापाले जातीय सद्भाव कायम गराउन नेवार समुदायको संस्कृति महत्वपूर्ण रहेको बताए ।
समिति अध्यक्ष कृष्णमान ठुसाजूको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार वीरेन्द्रनारायण बिजुक्छे, संस्कृतकर्मी अष्ठमान प्रधानांग, पूर्व अध्यक्ष सुशील बिजुक्छे, नेवा मिसा पुच अध्यक्ष संगीता बज्राचार्य, उपाध्यक्ष सविना विजुक्छे लगायतले बोलेका थिए । समिति उपाध्यक्ष जुद्दमान जोशी, सचिव विश्वकुमार विजुक्छे, कोषाध्यक्ष राजीव खिचाजुबाट संस्थागत प्रतिवेदन राखिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width