आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७८
Logo Palika ko

स्याङ्जा । आँधीखोला गाउँपालिकाको गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ ।
पालिकास्तरीय तेस्रो अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता अवसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रममा पालिकाको लोगो सार्वजनिक गरिएको अध्यक्ष सुधीर पौडेलले जानकारी दिए ।
लोगोमा आँधीखोलाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको छ । पालिकाको पहिचान झल्कने गरी तयार पारिएकोे लोगो शुक्रबार अध्यक्ष पौडेलले सार्वजनिक गरेका हुन् ।
लोगोकोे माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बिचमा नेपालको राष्ट्रिय झण्डा छ । तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धानको बाला छ ।
उदाँउदो सूर्यसहित रहेका हरियाली डाँडाकाँडा तथा रुखले गाउँपालिकाको प्राकृतिक सौन्दर्यतालाई थप झल्काएको छ । लोगोका गोलाकार भागले गाउँपालिकाका विभिन्न पक्ष झल्काएको छ ।
मुलुककै पहिलो ग्रामीण पर्यटकीय गाउँ शीरुवारी र श्रवणकुमारलाई प्रतीक चिन्हमार्फत विशिष्टकरण गरिएको छ । आँधीखोलाको नक्सा समेटेको उक्त लोगोले अन्धाअन्धी दहबाट झरेको झरना आँधीखोलामा मिश्रण भएको भाव झल्केको छ । कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधार देखाउन २ व्यक्तिले खेतमा काम गरिरहेको र लैंगीक समानता, एकता, समन्वय सहकार्य झलकाउन महिला पुरुषले हात मिलाएको देखाइएको उपाध्यक्ष शर्मिला पौडेलले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width