तमु आमालाई कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७८
tamu

पोखरा । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा तमु आमा, दिदीबहिनीलाई कानुनी सचेतना कार्यक्रम सञ्चालन भएको छ । महिलालाई कानुनी सचेतना अनिवार्य महसुस गरी तमु धिं नेपाल केन्द्रीय आमा समितिद्वारा पोखरा महानगरपालिकाको सहयोगमा उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत कानुनी सचेतना सञ्चालन गरेको हो ।
पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले कानुनी अज्ञानताले धेरै समस्या झेल्ने परिरकेकाले महिला, आमा, दिदीबहिनीमात्रै नभई सबैलाई कानुनी सचेतना जरुरी रहेको बताइन् । कानुनी अज्ञानता क्षम्य नहुने भएकाले व्यावहारिक, प्रथाजनित, विधि विधान, ऐन, कानुुनदेखि संविधान सबै नागरिकले बुझ्नुपर्ने उनको भनाइ थियो ।
तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष पञ्चकुमारी तमुको अध्यक्षमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पवित्रादेवी गुरुङले स्वागत गरिन् । समितिका सचिव बालकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा पोखरा ९ का वडा सदस्य गीता चर्मकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरेन्द्र गुरुङ लगायतले बोलेका थिए । तालिमको सहजीकरण तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width