सेतीनदी तिरभिर संरक्षणमा सघाउन आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
Seti tirvir Photo

पोखरा, ७ चैत । सेती नदी तिरभिर संरक्षण समूहले सेती नदी संरक्षणमा सघाउन नागरिक समाज पोखरालाई आग्रह गरेको छ । सोमबार नागरिक समाज पोखरा अध्यक्ष इन्द्रकमल मानन्धरलाई सेतीनदी संरक्षणमा सघाउन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।

समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लब, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाले सामूहिकरुपमा सेती नदी तिरभिर संरक्षण समूहमार्फत रामघाट परियोजनामा आफूहरुलाई पनि सहभागी गराउन माग गर्दै आएको छ।

सो समूहले परियोजनामा आफूहरुलाई १० प्रतिशत सेयर लगानी दिन, स्थानीयलाई रोजगारीमा प्राथमिकता, शवदाहको उचित व्यवस्थापन, शौचालय, प्रतिक्षालय, क्रियापुत्री भवन, स्नान घर निर्माणलगायत सुनिश्चित गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नागरिक समाज पोखरा अध्यक्ष मानन्धरले तिरभिर संरक्षण समूहको माग जायज भएकाले आफू र आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको समूहका राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मानन्धरले माग जायज भए पनि भौगोलिक, वातावरणीय दृष्टिले दूरगामी असर नगर्ने गरी काम गर्न सुझाव दिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width