दरगाउँ कालिका खानेपानीको अधिवेशन

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
dar gau

खैरेनीटार । दरगाउँ कालिका आत्मनिर्भर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २७ औं साधारणसभा तथा नवौं अधिवेशन शुक्लागण्डकी नगरपालिका दरगाउँमा भएको छ ।
शुक्लागण्डकी ६ का अध्यक्ष कृष्णबहादुर पौडेलले कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा वडा सदस्य बुद्धिबहादुर थापाले स्वच्छ र सफा खानेपानी अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा केशवराज पौडेल, बलबहादुर बिक, वीरेन्द्र थापालगायतले बोलेका थिए । कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षले वार्षिक प्रतिवेदन पेश गरे ।
नवौं अधिवेशनले वीरेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष कल्पना थापा, सचिव जायश्वर पाण्डे, कोषाध्यक्ष विजय थापा, सहसचिव धर्मबहादुर क्षेत्री, सदस्यहरु ऋषिराम घिमिरे, क्षेत्रबहादुर थापा, गुप्तबहादुर नेपाली, निर्मला राना, हुमा नेपाली, बुद्धिराम न्यौपाने, सीता नेपाली, कृष्ण थापा परियार छन् । लेखा समिति संयोजक केशवराज पौडेल र सदस्यहरु अम्बिका पाण्डे र सुनील पोख्रेल छानिए ।
दरगाउँ आत्मनिर्भर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष धनबहादुर क्षेत्रीले स्वागत र सचिव विजय थापाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width