डायमन्ड शैक्षिक मेला सकियो

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
diamond mela finals

लेखनाथ । पोखरा महानगरपालिका २७ मा रहेको डायमन्ड मावि मा डायमन्ड शैक्षिक मेला–२०७८ भव्यताका साथ सम्पन्न भएको छ । मेलामा विविध विषयका शैक्षिक सामग्रीको प्रदर्श प्रतिभाहरुको प्रस्तुती, खेल तथा मनोरञ्जन र स्वादिष्ट खाद्य परिकारको स्टल तथा सास्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो । विद्यार्थीको सक्रियतामा सञ्चालन गरिएको मेलामा अभिभावकको सकारात्मक प्रतिक्रिया आएको र आफ्ना बाबुनानीको यो कार्यबाट निकैनै खुसी प्राप्त भएको विचार व्यक्त गरेको विद्यालयका प्राचार्य यमबहादुर रोकाले जानकारी दिए ।
विद्यार्थीको सिर्जनात्मक ज्ञान र रचनात्मक, सीपको प्रर्दशनीका लागि ‘ज्ञान र मनोरञ्जन एकै ठाउँमा’ भन्ने उद्घोषका साथ डायमन्ड शैक्षिक मेला–२०७८ को आयोजना गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width