जिआर सिरमुर भूपूको स्थापना दिवस

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७८
Gorkhas

पोखरा । ५/८ गोर्खा राइफल्स (सिरमुर) भूपू परिवार पोखराले आफ्नो पल्टनको ८१ औं स्थापना दिवस मनाएको छ ।
समारोहको उद्घाटन गर्दै क्या. कुलबहादुर गुरुङले पल्टनको गौरवमय इतिहास भएको बताए ।
कार्यक्रममा सल्लाहकार क्या. लालप्रसाद गुरुङ, ब्रिटिस गोर्खा राइफल्स (सिरमुर) का भूपू अध्यक्ष क्या. कर्णबहादुर थापा र सचिव हिकमतबहादुर गुरुङ, भूपू कल्याणकारीका अध्यक्ष क्या. गजबहादुर गुरुङ, ८ जिआरका अध्यक्ष क्या. धनबहादुर गुरुङ, कोषाध्यक्ष सु. गिरबहादुर गुरुङले मन्तव्य राखेका थिए ।
भूपू परिवारका अध्यक्ष अ.सु.मे. भीमबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष क्या. भुपरजंग गुरुङले स्वागत र सचिव निमबहादुर गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सन् १९७१ को पाकिस्तानसँगको लडाइँको ५० वर्ष पुगेको स्वर्णजयन्तीको उपलक्ष्यमा लडाईका लडाकुहरु क्या. लालप्रसाद गुरुङ, क्या. कुलबहादुर गुरुङ, क्या. कुलप्रसाद गुरुङ, सु.मे. मीनप्रसाद गुरुङ, सु.केशबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width