कांग्रेसको चुनावी अभियान सुरु

साधन राम्जाली
चैत्र १, २०७८
congress myagdi aviyan surus

म्याग्दी । म्याग्दीमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ १ महिने अभियान सुरु भएको छ । आइबातरदेखि सुरु भएको १ महिने जागरण अभियान कार्यक्रम पूर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गरिन् । १ महिने जागरणको अभियानमा आफू हरेक घर, टोल, वडा र पालिकामा पुग्ने बताइन् । आगमी स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन हरेक गाउँ, टोल र हरेक घरमा जानुपर्नेमा जोड दिइन् । पार्टी भित्रको आन्तरिक गुटबन्दीलाई त्यागेर सबै एक भएर चुनावी अभियानमा लाग्न आग्रह गरिन् । कांग्रेसको सरकारले विकास निर्माणको काम गरेपनि प्रचारप्रसार कम भएको उनले बताइन् ।
जागरण अभियानको क्रममा आगामी निर्वाचनमा मतदानमा सहभागी भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सबैलाई सहभागी हुन आग्रह गर्ने, स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपील गर्ने, कांग्रेस सरकारको पालामा हासिल भएका आर्थिक, राजनीतिक उपलब्धि र विकासबारे जनतालाई जानकारी गराउने, नेकपा सरकारका पालामा भएका भ्रष्टाचार र अनियमिताको भण्डाफोर गर्नेलगायत उद्देश्य छन् ।
कम्युनिस्टकै कारण २ तिहाइको सरकार ढलेको भन्दै केन्द्रीय सदस्य खड्काले भनिन् ,‘नेकपाको २ तिहाइको सरकार थियो,आफ्नै कारण ३ वर्षमै ढलेपछि देश र संविधानको रक्षाको गर्न ५ वर्षको लागि प्रतिपक्षमा बसेको कांग्रेस सरकारको नेतृत्व सम्हाल्न बाध्य भएको हो ।’
कार्यक्रममा कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ ले चुनाव लक्षित जागरण अभियानको योजना बनाएकोमा विविध कारण ढिलाइ भएको बताए । उनले जिल्लाले खटाएका संयोजकसहितको टोलीले हरेक टोल, वडा, पालिकामा पुगेर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
कार्यक्रममा कांग्रेस म्याग्दीका पूर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महत, सचिव भरत रकाल, कोषाध्यक्ष अमृतमान शेरचन, सहसचिव श्रीराम पौडेल, महाधिवेशन प्रतिनिधि तथा नेता चिरञ्जीवी शर्मा, कांग्रेस गण्डकी प्रदेश सदस्य तथा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन, महाधिवेशन प्रतिनिधि सदस्य तथा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर, तरुणदल म्याग्दीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मुकुन छन्त्याल, महाधिवेशन प्रतिनिधि बलभद्र ढकाल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width