लामिछाने बन्धु समाजमा घनश्याम

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
lamichane bandhu

पोखरा । लामिछाने बन्धु समाज नेपाल कास्कीको तेस्रो साधारण सभाले घनश्याम लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा हुमलाल लामिछाने, सचिव रामचन्द्र लामिछाने, कोषाध्यक्ष धरमसिंह लामिछाने र सहसचिव हरिबहादुर लामिछाने चयन भए ।
सदस्यमा यदु, फणिन्द्र, माया, प्रजापति, शिव, प्रभा, इन्दिरा, राजकुमार, भूमि र मोतिराम लामिछाने छन् ।
अर्घाै अर्चलेमा बुधबार भएको उक्त कार्यक्रममा समाजका केन्द्रीय सदस्य पूर्व प्रहरी नायव निरीक्षक शेरबहादुर लामिछाने क्षत्री नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनको हालै सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशसभा सदस्य विष्णु लामिछानेको प्रमुख आतिथ्य तथा लामिछाने बन्धु समाज कास्की अध्यक्ष खडानन्द लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै